इन्द्रेणी संवाददाता

काठमाडौं, १९ साउन । निर्वाचन आयोगले तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन आयोगमा नबुझाउने ४१ दलको दर्ता खारेज गरेको छ ।

निर्वाचन आयोगको आज मङ्गलवारको बैठकले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाउने ४१ राजनीतिक दलको दर्ता खारेज गरेको हो ।

खारेज भएका राजनीतिक दलहरूको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न पाउने छैनन् ।
यसरी विभिन्न ४१ दलको दर्ता खारेज भएपछि आयोगमा १३६ वटा दल दर्ता रहेकोमा ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ ।

दल दर्ता खारेज भएका ४१ राजनीतिक दलका केन्द्रीय पदाधिकारी र सदस्यहरूको नाम नामेसी सहितको विवरण छुट्टाछुट्टै तयार गरी प्रत्येक राजनीतिक दललाई तोकिएको जरिबाना रकम पचास हजार रुपैयाँ असुल गर्ने पनि आयोगले निर्णय गरेको छ ।

1

 

2