सल्यान, १५ साउन। सल्यानमा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ । गएको आर्थिक वर्ष २०७७ ७८ मा कोरोनाका कारण खर्च हुन नसक्दा जिल्लाका १० स्थानीय तह र दर्जन सरकारी कार्यालयबाट ठूलो मात्रामा रकम फिर्ता भएको हो ।

Salyanगत आवमा जिल्लमा संघबाट ३ अर्ब ४७ करोड ८ लाख र प्रदेशबाट २ अर्ब ७९ करोड २१ लाख ४५ हजार गरी ६ अर्ब २६ करोड २९ लाख रुपैयाँ बजेट आएको थियो । जिल्लामा संघीय बजेटअन्तर्गत पूँजीगततर्फको २८ करोड ५७ लाख, विशेष अनुदानमा ३९ लाख र समपूरकमा ३६ लाख ६१ हजार रुपैयाँ फिर्ता गएको छ ।

यसैगरी प्रदेश सरकारअन्तर्गत पुँजीगतमा ७७ करोड २७ लाख र चालूतर्फ २७ करोड ६९ लाख १७ हजार बजेट फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको ६ करोड ७० लाख, बागचौर नगरपालिकाको ६ करोड ३५ लाख, शारदा नगरपालिकाको ९ करोड ४० लाख बजेट फिर्ता गएको छ ।

यस्तै कपुरकोट गाउँपालिकाको २ करोड ५३ लाख र कालीमाटी गाउँपालिकाको ४ करोड ७० लाख, कुमाख गाउँपालिकाको ७६ लाख, छत्रेश्वरी गाउँपालिकाको १ करोड ९६ लाख, सिद्धकुमाख गाउँपालिकाको २ करोड ४४ लाख, त्रिवेणी गाउँपालिकाको ५ करोड ७० लाख र दार्मा गाउँपािलकाको ६५ लाख रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कमलसिं भण्डारीले बताए । बजेटको अख्तियारी ढिलो गरी आउनु, विकासे काममा ढिलाइ हुनु, कर्मचारी अभाव र कोरोनाका कारण यो वर्ष ठूलो बजेट फ्रिज भएको उनको भनाइ छ ।