उमा भण्डारी
तुलसीपुर, १५ साउन । तुलसीपुर उपमहानगरपालिका–८ अश्वाराका नेपबहादुर भण्डारी बिहीबार दिउँसो १२ बजे उपमहानगरको फर्म दर्ताको काम लिएर कर तथा दर्ता शाखामा पुगे । उनी त्यहाँ पुग्दा बिजुली बत्ती थिएन । उनी गएको शाखामा कार्यरत कर्मचारीले बिजुली बत्ती आएपछि मात्रै काम गरिदिने भन्दै उनलाई केहिबेर पर्खन लगाए ।
नेपबहादुर आफ्नो काम हुने आशले दिनभर शाखा अगाडी रहेको फलामे बेच्नमा लाइनमा बसिरहे । बेन्चमा बसेको चार घण्टा बितिसक्दा पनि उनको काम बनेन । बस्दा–बस्दा पट्यार लागेपछि केहिबेरका लागि बाहिर निस्किदै उनले भने– ‘भन्ने बेला जतिसुकै स्मार्ट सिटी भने पनि बिजुली बत्ती गएपछि सबै काम रोकिने रै’छ, के भाको हो खोई यो उपमहानगर रु आफै अचम्म प¥या छु ।’
तुलसीपुर–६ का प्रकाश चौधरी पनि शाखा विस्तारको काम लिएर उपमहानगरपालिकामा आएका थिए । साढे १२ बजे उपमहानगर–पालिकाको कार्यालयमा चौधरीले बत्ती नहुँदा ३ बजेसम्म पनि आफ्नो काम नभएको बताए । ‘काम चाँडै सकेर अन्यत्र जानुपर्नेथ्यो, बत्ती आएपछि काम होला भन्दाभन्दै ३ बजिसक्यो’ उनले भने– ‘समयमा काम होला भनेर हतार–हतार आइयो, तर अहिलेसम्म काम बनेको छैन ।’
विगत लामो समयदेखि यो समस्याबाट सेवाग्राहीहरू आजित हुँदै आएको भएपनि उपमहानगर–पालिकाले यसतर्फ ध्यान दिन नसकेको उनले बताए । ‘बत्ती नभएपछि कामै नहुने यो त पहिले देखिनै भइरहेको छ’ उनले भने–‘आजको समस्या भए पो १ यो त पुरानै समस्या हो, प्रायःजसो यस्तै भइरहेको हुन्छ ।’
यसैगरी कारोबार बन्द गर्नका लागि १ बजे आएका तुलसीपुर–५ का तुल्सीराम गुप्ताले पनि लोडसेडिङका कारण आफ्नो काम नभएको बताए । बत्ती छैन भनेर सेवाग्राहीले यसरी नै पटक–पटक सास्ती दिने गरेको उनको भनाई छ । ‘यहाँ सधै यस्तै हुन्छ, बत्ती छ त काम छ, बत्ती छैन त काम हुँदैन’ उनले भने– ‘बिजुली बत्तीको विकल्प गर्न नसक्ने उपमहानगरबाट अरू के आश गर्नु रु’
उनले एउटा शाखा मात्र नभई हरेक शाखाका सेवाग्राहीहरू लोडसेडिङको बहानामा पटक–पटक एउटै कामका लागि धेरै पटक सास्ती खेप्नुपरेको उनले बताए । ‘बत्ती नभएपछि शाखामा काम गर्ने कर्मचारीसमेत भेटिदैनन’ उनले भने–‘केही जिज्ञासा राखौँ भने कसलाई सोध्ने रु कर्मचारी नै छैनन् ।’
सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै शाखामा इन्भर्टर जडान गरिएको राजस्व शाखाका प्रमुख भिमप्रकाश खत्रीले बताए । उनका अनुसार दुई दिनअघि मात्रै दुईवटा ब्याट्रीसहितको नयाँ इन्भर्टर जडान गरिएको छ । तर सेवाग्राहीको चाँप अनुसारको काम भने हुन सकेको छैन ।
एउटै इन्भर्टर प्रशासन र राजस्व शाखामा जडान हुँदा इन्भर्टरको ब्याकअपले धान्न नसक्दा लोडसेडिङको समयमा सेवाग्राहीहरूको काम प्रभावित भइरहेको उनले स्विकार गरे । तर बिहीबार लोडेसेडिङकै कारणले सेवाग्राहीहरूको काम प्रभावित भएको कुरा आफूलाई जानकारीमा नआएको बताए ।
‘मलाई बत्ती नभएर काम नभएको भन्नेबारे कोही कसैले जानकारी गराउनुभएन’ उनले भने–‘बेलुका मात्र थाहा भयो बत्ती नहुँदा ४ बजेसम्म काम नभएको भनेर ।’ बिजुली बत्ती नहुँदा, नेट नहुँदा काम गर्न गाह्रो हुने भन्दै नयाँ ईन्भर्टर जडान गरिएको उनले बताए । केहीदिन अघि मात्रै इन्भर्टर जडान भएको बताउँदै उनले अबका दिनमा भने यस्तो समस्या नहुने बताए । प्रदेश टुडेबाट











