इन्द्रेणी संवाददाता
काठमाडौं, ११ साउन । पछिल्लो २४ घण्टामा दुई हजार ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २४० जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६८६ जना कोरोना संक्रमित निको भएका छन । सङ्क्रमणका कारण २५ जनाको मृत्यु भएको छ ।











