काठमाडौं, १५ पुस । संसद् विघटनविरुद्ध सडक–संघर्षमा उत्रिएको नेकपाका नेताहरूले संविधानको पक्षमा जस्तोसुकै संघर्षका लागि तयार भएको सन्देश दिएका छन् । समयमै नसच्चिए वैशाखपछि नेपालको राजनीतिक इतिहासमा ओलीको पत्तासाफ हुने सो समूहका नेताहरूको दाबी छ ।

adafमंगलबार राजधानीमा भएको विरोध कार्यक्रममा नेताहरूले संसद् पुनस्र्थापना नभई चुनावै भए पनि अर्को प्रधानमन्त्रीले फेरि पनि प्रतिनिधिसभा भंग गर्ने नजिर बस्ने र त्यसले मुलुक लामो समयसम्म अस्थिरताकै दुष्चक्रमा फस्ने जिकिर गरेका छन् । विरोध सभामा नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैली, स्वभाव र चरित्रलाई लिएर पनि अनेकौँ आरोप लगाएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी वैशाखपछि ओली प्रधानमन्त्री नै नरहने दाबी गरे । ‘कतिपय मानिसले कम्युनिस्ट पार्टी विभाजित भएको र मध्यावधि भइहाल्यो भने चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेका छन् । यो उनीहरूको दुस्वप्न हो । हुनेवाला चुनाव घोषणा भएकै होइन, चुनाव त हुँदैन । जबर्जस्ती लैजाने भन्ने छ उहाँहरूको योजना,’ उनले भने, ‘मलाई लाग्छ, ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाफ हुनेवाला छ । अनि उनले नै कतै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ ?’

प्रतिनिधिसभा पुनस्र्थापना नभए अर्को प्रधानमन्त्रीलाई भंग गर्ने नजिर

प्रचण्डले प्रतिनिधिसभा पुनस्र्थापना नभएर चुनावै भए पनि अर्को प्रधानमन्त्रीले फेरि पनि प्रतिनिधिसभा भंग गर्ने नजिर बस्ने र त्यसले मुलुक लामो समयसम्म अस्थिरताकै दुष्चक्रमा फस्ने बताए ।

‘संविधान बचाइयो भने पो चुनाव पनि जितिएला, प्रतिनिधिसभा पुनस्र्थापना नभए संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, शान्ति, देशै धरापमा जान्छ । यो त सजिलै बुझिन्छ । पहिला त चुनाव नै हुँदैन । मानिलिनुस्, हुने भयो रे, वैशाखमा त हुँदै हुँदैन । मंसिरमा, अर्को वैशाखमा भयो रे, तर चुनावबाट आउने अर्को प्रधानमन्त्रीले पनि संसद् भंग गरिदिन्छ । नजिर त बस्ने नै भो, अनि नेपाली जनताको, देशको भाग्य र भविष्य के हुन्छ रु’ उनले भने । नयाँ पत्रिकाबाट