इन्द्रेणी संवाददाता
काठमाडौं, १४ कार्तिक । नेपालमा आज शुक्रवार थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ जना पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप १६ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ९२० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ जना रहेको छ ।
हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा २ हजार ६६६ जना रहेका छन् । मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ३८ हजार ३५७ जना रहेका छन् ।











