इन्द्रेणी संवाददाता
दाङ, २ कार्तिक । दाङमा एक जनालाई अबैध चितुवाको छालासहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका ५ धर्ना बस्ने ५० वर्षका इन्द्रबहादुर घर्ती रहेका छन् । उनलाई चितुवाको छालाको कारोवार गर्दै गरेको अवस्थामा घोराही १५ ताराकुञ्ज टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीबाट प्लाष्टिकको वोरामा लुकाइ राखिएको अवस्थामा ७ फिट ८ इञ्च लामो चितुवाको छाला वरामद गरिएको छ । असोज ३० गते पक्राउ परेका घर्तीलाई थप अनुसन्धान गरिरहेको प्रवक्ता डिएसपी सुमित खड्काले जनाएका छन् ।











