तिर्थराज ज्ञवाली
देउखुरी, ५ असोज । दाङको राप्ती गाउँपालिकाकामा न्याय, सुरक्षा र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलबस्तुमा रहेको माहुरी होमले राप्ती गाउँपालिकामा साक्षी संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि अभिमुखिकरण गरेको छ ।

IMG_4603डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तु, राप्ती गाउँपालिका, प्रहरी कार्यालयको संयुक्त प्रयासमा शान्ति सुरक्षा स्थापन गर्न नागरिकलाई घटना, अपराध, अपराधि र पिडितका बारेमा जानकारी गरिएको छ ।

संस्थाको कार्यक्षेत्र रहेको वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री को अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारि चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा साक्षि संरक्षण र घटनास्थल सुरक्षा सम्वन्धि निगरानी समुह, महिला समुह, सहकारी, प्रहरी, जनप्रतिनिधि, कर्मचारी प्रतिनिधिहरुलाई अभिमुखिकरण गरिएको हो ।

प्रहरी कार्यालय भालुवाङका प्रहरी सहायक निरीक्षक नविन पाण्डेले घटना, अपराध, अपराधि र पिडित, घटना स्थल, साक्षी, भौतिक सबुत, मौखिक वा लिखत कागजि सबुद, केरकारलाई सघाउ पुराउने तथ्यहरू लगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा घटना घटेको स्थलको सुरक्षाका लागि आम नागरिक तथा प्रहरीले गर्नुपर्ने कार्य तथा पीडितको न्यायका लागि र स्थलको महत्वका लागि अपराध, अपराधि र पिडित बिच त्रिपिक्षय सम्बन्ध स्थापित गर्ने, अपराध भयको हो भन्ने कुरा प्रमाणित गर्ने भौतिक सबुत नस्ट हुन नदिई संकलन गर्ने, मौखिक वा लिखत कागजि सबुद प्राप्त गर्ने केरकारलाई सघाउ पुराउने तथ्यहरू पत्ता लगाउने, घटनास्थलको पुन निर्माणमा सहयोग गर्ने, उचित प्रणाली अपनायर भौतिक सबुदहरू जस्ताको त्यस्तै संकलन गर्न आवश्यक रहेको जानकारी गरिएको छ ।

घटनास्थल जाँचबाट सूचनाहरु प्राप्त गर्नअपराध के हो, हत्या, आत्महत्या, भवितव्य वा दुर्घटनाबारे जानकार हुन आवस्यक रहेको बताईएको छ । अपराधी को हो, पीडित को हो, साक्षी को हो, घटना कहाँ घटित भयो, अपराधी कहाँ छ, अपराध किन घटित भयो कारण, अपराध कसरी घटित भयो, अपराध कहिले घटित भयो मिति, समय बारे जानकार हुन आवश्यक रहेको बताइएको छ ।