जितेन्द्र बुढाथोकी
रुकुमकोट,४ असोज । रुकुम -पूर्वमा थप १० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षण अनुसार रुकुम -पूर्वको भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
भुमे गाउँपालिकाका ७ र पुथाउत्तरगंगा गाउँपालिकाका ३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालय रुकुम -पूर्वले जानकारी दिएको छ । यसपटक कोरोना देखिनेमा वडा अध्यक्षसहित ३ जना जनप्रतिनिधि, ३ जना गाउँपालिकाका कर्मचारी, एक जना बैंकका कर्मचारी र बाँकी ३ जना क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् ।
रुकुम -पूर्वका जिल्ला कोरोना रोग फोकल पर्सन निमप्रशाद गिरीका अनुसार भूमे गाउँपालिका वडा नम्बर २ का ३० वर्षका पुरुष, वडा नम्बर ३ का ११ र १४ वर्षका पुरुष, वडा नम्बर ४ की ४५ वर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै वडा नम्बर ५ का ५८ र ३२ वर्षका पुरुष र बैंकका कर्मचारी ३६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखीएको कोरोना रोग फोकल पर्सन गीरीले जानकारी दिनुभएको छ ।
यस्तै पुथाउत्तरगंगा गाउँपालिकाका ४८, ३९ र ३१ वर्षका पुरुषमा कोरोना देखिएको फोकल पर्सन गिरीको भनाई छ । भूमे गाउँपालिकाबाट ८१ र पुथाउत्तरगंगा गाउँपालिकाबाट ५४ जनाको स्वाब संकलन गरी परिक्षण गरिएकोमा १० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
सिस्ने गाउँपालिकाबाट स्वाब संकलन गरिएका २ सय १२ जनाको रिपोर्ट भने आउन बाकी छ । सिस्नेको रिपोर्ट भोली मात्रै आउने स्वास्थ्य कार्यालयले जनाएको छ । यो भन्दा अघिल्लो पटक समुदायका केहि व्यक्ति र डिउटीमा खटिएका प्रहरीमा कोरोना देखिएपछि कन्ट्रयाक्ट ट्रेसीङ गरिएको थियो ।
अहिले जिल्ला स्थित जनप्रतिनीधि र विभिन्न कार्यालयका कर्मचारीसहत स्थानीय नागरिकमा पनि कोरोना देखिएपछि जोखिम बढ्दै गएको छ । जिल्लमा कुल कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा २५ जना निको भएर घर फर्किसकेका छन् भने अब जिल्लमा संक्रिय संक्रमितको संख्या २४ रहेको छ ।











