इन्द्रेणी संवाददाता
दाङ, २१ भदौ । दाङमा निषेधाज्ञा अवज्ञा गर्ने १७२ जनालाई प्रहरीले कारवाही गरेको छ । शनिवार निषेधाज्ञा अवज्ञा गर्ने ५९ महिला र ११३ जना पुरुष गरी १७२ जनालाई होल्ड गरी छाडिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

holdत्यसैगरी निषेधाज्ञा अवज्ञा गर्दै सञ्चालनमा आएका ६१ वटा सवारीका साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा मोटरसाइकल ३६, ट्रक÷टिप्पर १३, कार÷जीप ५ र अटो ७ वटा रहेका छन् ।