इन्द्रेणी संवाददाता
काठमाडौं, २० भदौ । नेपालमा आज शनिवार थप १ हजार ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

koronaदेशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा १२ हजार ४७५ ओटा नमूना परीक्षण गर्दा शनिवार ३४९ जना महिला र ६९२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै विगत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५६६ जना कोरोनाबाट मुक्त भई घर गएका छन् । योसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।