इन्द्रेणी संवाददाता
चितवन, २० भदौ । केही दिनदेखि कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । विभिन्न जिल्ला तथा ठाउँमा जारी गरिएका लकडाउन, निषेधाज्ञाका कारण बखत र ढुवानी सहज नहुँदा मूल्यमा गिरावट आएको हो ।

बल्लतल्ल कृषि तथा मासुजन्य उत्पादनको ढुवानी भएपनि आजभोलि माग कम छ । कुखुरा उत्पादनमा राम्रो मानिने चिवतनमा हाल जिउँदो ब्रोइलर प्रतिकेजी ९० देखि ११५ मा खरीदविक्री भइरहेको छ भने तयारी मासु अधिकतम प्रतिकेजी २४० छ । यसअघि तयारी मासु प्रतिकेजी ४०० सम्म विक्री हुँदै आएको थियो ।
मासुको उत्पादन बढी र खपत कम हुँदा मूल्यमा गिरावट आएको नेपाल कुखुरा बजार व्यवस्थापन संघका केन्द्रीय अध्यक्ष हरिकृष्ण लोहनी ले बताए । ‘मुल्य घटेर के गर्ने, खपतनै छैन’, उनले भने, ‘उपभोक्ताले किन्नै पाएका छैनन्’, उनले भने ।
चितवनमा उत्पादन भएका कुखुरा तथा कुखुराका चल्ला र अण्डा रानधानी लगाएत नेपालका विभिन्न जिल्लामा जाने गर्दछन् । यो जिल्ला कुखुरा तथा मासुजन्य उत्पादनमा परिचित छ ।











