इन्द्रेणी संवाददाता
बागलुङ, १९ भदौ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं.  ९ मा पहिरोले बस्ती बगाउदा ज्यान गुमाउनको संख्या १४ पुगेको छ । आज शुक्रवार विहानसम्म पहिरोमा हराएकामध्ये १४ जनाको शव फेला परेको हो । जसमध्ये चार जनाको पहिचान खुलेको छ ।

pairoपहिचान खुल्नेमा २६ वर्षकी केशमाया विक, ४५ वर्षको बिरे विक, २२ वर्षका जीवन विक र ११ वर्षीय डल्ले विक रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिएका छन् ।

आज पनि बिहानैदेखि प्रहरी र सेनाको टोली हराएकाहरुको खोजीमा जुटेको छ । बुधवार राति ढोरपाटनको देउरालीदेखि खसेको पहिरो र बाढीले तीन वटा बस्तीका ४० घर बगाएको थियो । पहिरोमा हराएका १४ जनाको शव फेला परेपनि ४१ जना अझै बेपत्ता छन् ।