इन्द्रेणी संवाददाता 

ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात रूपमा कुटपिट गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर, ललितपुरका एसएसपी टेकप्रसाद राईका अनुसार प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरिएको हो।

उनीहरूमाथि अनुसन्धान भइरहेको राईले बताए- “प्रहरीमाथि कुटपिट गर्नेहरू जसरी पनि पक्राउ पर्छन्। हामीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेका छौं,” एसएसपी राईले सेतोपाटीसँग भने,अरू पनि संलग्न छन् भने पक्राउ गर्छौं।”

पक्राउ पर्नेमा ४० वर्षीय महेश बज्राचार्य, ३९ वर्षीय पृथ बिन्दु महर्जन, ३८ वर्षीय अशोज कुमार महर्जन, ३६ वर्षीय रवि शाक्य, ४० वर्षीय रविन शाक्य, ४३ वर्षीय सुविन शाक्य, ४७ वर्षीय ध्रुवराज बज्राचार्य, ३२ वर्षीय श्याम श्रेष्ठ र ४० वर्षीय यादवलाल कायस्थ छन्।

प्रहरीले उनीहरूमाथि संक्रामक रोग ऐन २०२० अन्तर्गत मुद्दा चलाउन सकिने बताएको छ। घाइते जवान घिमिरेको अहिले ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको छ।