इन्द्रेणी संवाददाता
सल्यान, १८ भदौ । सल्यानको कपुरकोट बजार क्षेत्र एक हप्ताका लागि सिल गरिएको छ । धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज विहीबार कपुरकोट गाउँपालिकामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले एक हप्ता सिल गर्ने निर्णय गरेको हो ।
संक्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले यसअघि पनि समुदायस्सतरमा गरिएको परीक्षणमा एक ब्यक्तिमा कोरोना भेटिएपछि थप जोखिम निम्तिना नदिन सिल गरिएको गाउँपालिकाले जनाएको छ ।
सिल आजराति १० बजेदेखि लागू हुने र भदौ २५ गते राति १० बजेसम्म कपुरकोट गाउँ कार्यापालिकाको कार्यालयय, ३ नम्बर वडा कार्यालय तथा कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक, वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा बन्द गरी कपुरकोट बजार क्षेत्र पूर्ण रुपमा सिल गरिएको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिएका छन् ।











