wgu9L, $ c;f/ -/f;;_ ds} v]tL s~rgk'/sf] k'g/jf; gu/kflnsf–# /fda:tLsf :yfgLo ls;fgn] efRg] j]nf ePsf] ds}sf] 3f]uf]sf] vf]:6f lgsfn]/ af]6d} ;'sfOPsf] ds} . t:jL/ M l;4/fh e§

सल्यान, ११ भदौ । सल्यान खाद्यान्नमा आत्मनिर्भर भएको छ । केही वर्ष अघिसम्म जिल्लामा उत्पादित खाद्यान्नले अपुग हुने सल्यान अहिले खाद्यन्न बचतको अवस्थामा पुगेको छ ।

खाद्यबाली अन्तर्गत पर्ने धान, मकै, कोदो र गहुँ लगायत बालीको पछिल्लो समयमा उत्पादन बढेसँगै सल्यान खाद्यान्नमा आत्मनिर्भर भई बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानले हो। मौसमी तालमेत, प्रविधि प्याकेजको प्रयोग, मलखाद, उन्नत बीउ, यान्त्रीकीकरण तथा किसानको सक्रियताका कारण सल्यान खाद्यान्न बचतको अवस्थामा पुगेको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले बताए ।

किसानले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न विक्रीवितरण गर्दै आएको कार्यालयले बताएको छ । गत आर्थिक वर्ष २०७६/७७ मा ९७ हजार ६६४ मेट्रिकटन खाद्यान्न उत्पादन भएकामा जिल्लामा खपत भई ८ हजार ७४३ मेट्रिकटन खाद्यान्न बचत रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । जिल्लामा उत्पादित कुल खाद्यान्नमध्ये ५४ हजार ७३८ मेट्रिकटन खाद्यान्न जिल्लामा आवश्यक पर्दछ ।