इन्द्रेणी संवाददाता
दाङ,३२ साउन । दाङको सिसहनिया उद्योग वाणिज्य संघले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज घरमै मनाउन आग्रह गरेको छ । कोरोनाको जोखिम बढ्दै गएकाले तीजलाई भिडभाडमा होइन घरमै रमाइलो गरेर मनाउन सबैमा अनुरोध गरेको हो ।
विगतमा वर्षहरुमा सिसहनिया क्षेत्रमा तीज कार्यक्रमको व्यवस्थापन गर्दै आएको संघले यसवर्ष यस्ता कार्यक्रम नगर्ने भन्दै घरमै तीज मनाउन आग्रह गरिएको महासचिव ईश्वरी भण्डारीले बताए ।
संघका अध्यक्ष शान्तराज भण्डारीले यसवर्ष सुरक्षित रहन सक्यौ भने आगासम वर्षमा पुनः खुलेर चाडपर्व मनाउन सकिन्छ भन्दै अन्तरक्रिया कार्यक्रममा सबैलाई सुरक्षित रहन र कोरना संक्रमणबाट बच्ने उपाय अवलम्वन गर्न अनुरोध गरेका छन् ।











