इन्द्रेणी संवाददाता
सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गएको पहिरोमा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । शुक्रवार साँझसम्म हराएकामध्ये ११ जनाको शव फेला परेको स्थानीय प्रशासनले जनाएको छ भने २७ जना अझै वेपत्ता छन् ।
हराइरहेकाहरुको खोजी कार्य जारी रहेता पनि आज त्यहाँ हल्का वर्षा भएका कारण खोजीकार्यमा समस्या भएको देखिएको छ । शुक्रवार विहान करीव ६ बजेतिर आएको पहिरोले ३७ घरमा क्षति पुर्याएको थियो भने १३ पुरिएका थिए ।











