इन्द्रेणी संवाददाता
काठमाडौं, २९ साउन। नेपालमा आज बिहीवार थप ५२५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

koronaaस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ९५ जनाको मृत्यु पुष्टि भएको छ ।

बिहीवार मात्रै थप १०९ जना डिस्चार्ज भएका छन् । हालसम्म कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।