इन्द्रेणी संवाददाता
डोटी, २८ साउन । डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा ना ६ ख २५२९ नम्बरको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ३२ जना घाइते भएको डोटी प्रहरीले जनाएको छ ।

photo file
कैलालीबाट अछामका लागि छुटेको उक्त बस सडकबाट झण्डै ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताएका छन् । दुर्घटनाको अन्य विवरण आउन बाँकी रहेको र मर्नेको पनि सनाखत नभइसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको छ । बस विहान करीव साढे ५ बजेको समयमा दुर्घटना भएको हो ।











