काठमाडौँ, १७ साउन । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाको सुरक्षा गार्डलाई कोरोना संक्रमण भएको छ । सापकोटाको सुरक्षार्थ खटिएका अगुवा गाडीका एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

koronanaप्रहरी हेडक्वार्टरमा कार्यरत एक जना साथीमा कोरोना देखिएपछि सभामुखको सुरक्षार्थ खटिएका ती सुरक्षाकर्मीको स्वाब परीक्षण गरिएको थियो । परीक्षणमा ती सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको हो । आफ्नो गाडीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सभामुख सापकोटाको पनि स्वाब परीक्षण गरिने बताइएको छ ।