इन्द्रेणी संवाददाता
दाङ, १७ साउन । दाङमा गएको आर्थिक वर्षमा करीव ३ खर्ब राजस्व संकलन भएको छ । संघीय सरकार र प्रदेश सरकारअन्तर्गतका जिल्लामा रहेका कार्यालयमार्फत आर्थिक वर्ष २०७६÷७७ मा ३ अर्ब १५ करोड १७ लाखबढी राजस्व संकलन भएको हो ।

kole-nika-dang - Copyकोष तथा लेखा नियन्त्रकको कार्यालय दाङका अनुसार संघीय सरकारअन्तर्गतका कार्यालयमार्फत २ अर्ब ५३ करोड १ लाख १९ हजार र प्रदेश सरकारअन्तर्गतका कार्यालयमार्फत ६२ करोड १६ लाख ७६ हजार राजस्व संकलन भएको छ ।

संकलित राजस्वमा यहाँका स्थानीय तहले खर्च नसकेर रकम अनुदान फिर्ता र वेरुजु उठाएको रकम समेत समावेश हुने कोलेनिकाका सूचना अधिकारी अर्जुनकुमार डिसीले बताए ।