इन्द्रेणी संवाददाता
दाङ, १७ साउन । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोराही दाङले सञ्चालन गर्न लागेको सहकारी बजारका बारेमा पहिलो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Sarbottam 2अभिमुखीकरण कार्यक्रममा संस्थाका बालचन्द्र शर्माले सहकारी बजारको उद्देश्य, अवधारणा, परिचालनको रुपरेखा लगायतका बारेमा प्रकाश पारेका थिए ।

यसैगरी जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जन कुमार पौडेलले अहिलेको वर्तमान अवस्थामा सहकारी बजारको आवश्यकता र महत्वको विषयमा प्रकाश पारेका थिए । संस्थाका शेयर सदस्यहरुलाई सुपथ मूल्यमा दैनिक उपभोग्य सामानहरु उपलव्ध गराउने उद्धेश्यले दाङको घोराहीमा संचालन हुन गइरहेको सहकारी बजारमा आम उपभोक्ताहरुलाई समेत एउटै बजारबाट दैनिक उपभोग्य सामानहरु उपलब्ध गराउने,कृषकहरुलाई आवश्यक प्राविधिक सिप तथा तालीमहरु उपलव्ध गराउने,कृषकहरुले उत्पादन गरेका सामाग्री उचित बजार मूल्यमा खरिद गरी उपभोक्ताहरुलाई उपलब्ध गराउने लगाएतका उद्धेश्यहरु रहेको कार्यव्रmममा जानकारी गराइएको थियो । कार्यव्रmममा संस्थामा न्यूनतम एक हजार रुपैयाँको शेयर लिन सकिने जानकारी गराइएको थियो ।

सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघका पूर्व जिल्ला सचिव कृष्णप्रसाद शर्मा, संस्थाका सल्लाहकार गिरिराज शर्मा, सहकारी बजारका प्रमुख माधव खनाल लगायतकाले आफ्ना विचार राखेका थिए । संस्थाले घोराहीमा सहकारी बजार खोल्ने भएको हो ।