राजेश जीसी
प्यूठान, १५ साउन । कोरोना संक्रमणका कारण प्यूठानमा रगत अभाब हुन थालेको छ । बिश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएपछि नेपाल सरकारले देश बन्दाबन्दी गरेसगै प्यूठानमा रगत अभाब हुन थालेको हो ।
कोभिड –१९को संक्रमण फैलिएपछि रक्र सञ्चार केन्द्रमा रक्तदान गर्नको संख्यामा कमी आएपछि रगत अभाब देखा परेको हो । प्यूठानमा रगत नहुदा बिरामीले सास्ती खेप्नु परेको छ ।
जिल्लामा पर्याप्त रगत संकलन हुदाँ बिरामीलाई रगत अभाब हुने गरेको रक्त सञ्चार केन्द्रका प्रमुख आसिष थापाले बताए । ‘सरकारले कोभिड १९को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न बन्दाबन्दी गरेपछिे ३ महिनायता पर्याप्त रक्तदान हुदा सकेको छैन’ उनले भने,‘ब्लड बैकमा रगत अभाब हुदाँ बिरामीका आफन्तलाई रगत जोहो गर्न हम्मे हम्मे हुन्छ ।’
ब्लड बैकमा संकलन कार्य अत्यन्तै न्युन रुपमा हुन थालेपछि बिरामिका आफन्तहरुलाई चाहिने ग्रुपको रगत पाउन मुस्किल परेको छ । रक्त सञ्चार प्यूठान प्रमुख आशिस थापाका अनुसार प्युठानमा अन्य रक्तसमुहमा त्यस्तो समस्या नभएपनि ए र बि पोजेटिभ रगतको चरम अभाव देखिएको छ । अस्पतालमा तत्काल बिरामिलाई ए र बि पोजेटिभ रगत आबश्यक परेको खण्डमा बिरामीको उपचारमा समस्या हुने निश्चित छ ।
गएको चैत ११ गतेयता जिल्ला अस्पताल प्यूठानमा एक सय ४ जनाले रक्तदान गरेका छन । जसमध्ये ९९जना बिरामीलाइ रगत आबश्यक परेको थियो । उक्त ९९ जनालाई स्वास्थ्यकर्मी,सुरक्षाकर्मी तथा स्थानीय युवाहरुले रगत उपलब्ध गराएका थिए । अहिले जिल्लामा प्रर्याप्त मात्रामा रगत नहुदा सुत्केरी,अप्रेशन गनुपर्ने तथा तथा अन्य बिरामीको उपचार समस्या भएको जिल्ला अस्पतालकाका डाक्टर सुनिल सुनारले बताए । ‘जिल्लामा रगत अभाब हुदाँ बिरामीलाई स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले रगत दिनुपर्छ’ उनले भने,‘चाहिएका बेला तुरुन्त रगत पाउन मुश्किल छ ।’
सामान्यतया १८ बर्षदेखि ६५ बर्ष उमेरका समुहका स्वस्थ ब्यक्तिले हरेक ३ महिनामा रक्तदान गर्दा शारिरीक हानी नहुने डाक्टरहरु बताउंछन। मृत्युनजिक पुगेका बिरामिको ज्यान बचाउन मद्धत पुग्ने भएकाले रक्तदानलाई पुण्र्यकर्म पनि मानिन्छ। त्यसैले कोरोना महामारीमा पनि अरुको जीवन रक्षा गर्नु मानवीय कर्तब्य भएकाले आफु सुरक्षि हुदै रक्तदान गर्न रक्त सञ्चार केन्दले आग्रह समेत गरेको छ ।











