इन्द्रेणी संवाददाता
दाङ, १४ साउन । दाङमा पहिरोले पुरिदा दुई जनाको ज्यान गएको छ । वंगलाचुली गाउँपालिका वडा नं. ५ साकिने निवासी २४ वर्षकी बाटुली नेपाली र उनकी छोरी २ वर्षकी आयस्मा नेपालीको ज्यान गएको हो ।
गएराति घरमाथिबाट पहिरो आएको थियो । घरमा पाँच जनाको परिवार रहेको र अन्य ३ जना सकुसल रहेको बताइएको छ । थप क्षतिको बारममा भने विवरण आउन अझै बाँकी छ ।











