स्याङ्जा, १२ साउन। कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा प्रहरी प्रमुख सहित १८ जनामा कोरोना पुष्टी भएको छ । थप कोरोना भेटिएसगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी संङक्रमित भएका छन् ।

korolaसाउन ६ गते लेखा र प्रबन्ध शाखाँमा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, संचारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

सुरक्षाकर्मीमा संङक्रमण फैलिएपछि साउन ७ गते ३० र साउन ८ गते ७३ जनाको स्वाब लिइएकोमा सोमबार एक महिला सहित १८ जनामा कोरोना संङक्रमण प्रमाणित भएको हो । स्वाब लिएका मध्ये ३५ जनामा १८ जनामा कोरोना देखिएको हो ।

सोमबार संङक्रमित पुष्टी भएकामा प्रहरी प्रमुख सहित, दुई जना असई, छ जनाा हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।
कोरोनाको संङक्रमण भेटिनु भएका प्रहरी प्रमुखले जनताको सुरक्षामा खटिदाँ संङक्रमित भएको बताउदै कोरोनामा जित हात पार्नेमा आफु ढुक्क रहेको बताए ।

यस्तै साउन ५ गते गल्याङ अस्पतालमा कोरोना संङक्रमितको उपचार गरेका एक जनाा डाक्टरमा कोरोन्ना पुष्टी भएको थियो ।
प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित २१ जनामा कोरोना देखिएपछि पुतलीबजार भित्र कडाई गरिएको प्रजिअ गंगा बहादुर क्षेत्रीले बताए गोरखापत्र अनलाइनमा अर्जुन काफ्ले खबर लेखेका छन् । जेठ १३ गतेबाट भारतबाट आएका दुई जनामा कोरोनाको संङक्रमण भेटिएकोमा हाल सम्म यहाँ २२३ जना संङक्रमित पुगेका छन् ।