काठमाण्डौ, ७ साउन । नेपालमा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले कोरोना रोकथामको लागि साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ ।
साउन ६ गतेसम्म सीमा बन्दको निर्णय भएकोमा यसलाई थपेर साउन ३२ गते पुर्याइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । तर सीमा बन्द रहेपनि माल सामान ढुवानीको लागि सीमा खुला नै रहनेछ ।











