इन्द्रेणी संवाददाता
दाङ, ४ साउन । केही समयपहिले दाङको तुलसीपुरमा एक जना युवतीले फेसबुक लाइव दिदै आत्महत्या गरिन् । यो घटनाले नेपालमा निकै चार्चा पायो । यो त ती युवतीले सामाजिक सञ्जालमा देखाउदै आत्महत्या गरेकी थिइन् । तर लकडाउनको अवधिमा विविध कारणले दाङमा ८२ जनाले आत्महत्या गरेका छन् ।

Suicidefebचैत्र ११ गतेदेखि असारसम्म लकडाउनको समयमा झुण्डियर ८२ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङकअनुसार चतमा ११जना, बैशाख २५ जना, जेठमा २३ जनाले र असारमा पनि २३ जनाले झुण्डियर आत्महत्या गरेका छन् ।

त्यसैगरी सो लकडाउनको अवधिमा आत्महत्या गर्ने दुरुत्सहानका ४, विष सेवन गरी आत्महत्याका १६ वटा, लागु औषधका ८ वटा, जवरजस्ती करणीका १२ वटा, बालयौन दुरुपयोगका ५ वटा, जवरजस्ती करणी उद्योगका ८ वटार चोरीका ३ वटा गरी १३८ वटा मुद्दा दर्ता भएको जिल्ल प्रहरी कार्यालय दाङले जनाएको छ ।

आत्महत्या गर्नेहरुमा ७ वर्षका बालबालिकादेखि ८७ वर्षका बृद्धबृद्धा रहेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न प्रकृतिका ८३५ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा तुलनात्मक रुपमा कम हो ।