काठमाडौँ, २८ असार । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ ।

salaha-असार १४ गते नेपाल प्रवेश गरेका सलह फाट्टफुट्ट रूपमा मात्र देखिएकामा अर्को झुन्ड आउने सम्भावना पनि बढ्दै गएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा। हरिबहादुर केसीले बताए । उनले भने, “सुरुमा आएको सलह आफैँ हराउँदै गएको छ, कतैकतै एक÷दुईवटा देखिन्छ । त्यसले खासै धेरै कुनै नोक्सानी पनि गरेको छैन तर भारतबाट अर्को झुन्ड आउने सम्भावना देखिएको छ । ” भारतका पटना, दरभङ्गा, वनारसलगायतका क्षेत्रमा देखिएको सलह कुनै पनि बेला नेपाल छिर्नसक्ने उनले बताए ।

भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपास करिब १५० हेक्टर क्षेत्रफलमा सलहका दुईवटा झुन्ड देखिएका छन् । यी झुन्डहरू हावाको बहावसँगै भारतको पूर्वतर्फ वाराणसी हुँदै मुजफ्फरपुर र दरभङ्गाको आसपासका क्षेत्र हुँदै धनुषा, महोत्तरी, सर्लाही जिल्लाको नाकाबाट नेपाल प्रवेश गर्नसक्ने सम्भावना रहेको बताइएको छ गोरखापत्रमा खबर छ ।