काठमाडौं, २८ असार । एक महिनामा विपद्का घटनामा परी ८८ जनाले ज्यान गुमाएका छन् । मनसुन सुरु भएपछिको एक महिनाको अवधिमा ८८ जनाको ज्यान भएको र ३५ जना अझै बेपत्ता रहेका छन् ।

badiअहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २/२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक/एक जनाले ज्यान गुमाएका छन् । मनसुनपछिको विपद्ले देशका १९ जिल्ला बढी प्रभावित भएका छन् ।