काठमाण्डौ, २१ असार । नेकपाभित्रको विवाद सुल्झाउन आज प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्ष विवाद समाधान गर्न सकारात्मक देखिएपनि आआफ्नै अडान कायमै राखे । वार्ता सकारात्मक देखिएकाले भोली फेरि छलफलमा बस्ने छन् ।
छलफलमा ओली निकट नेताहरु विष्णु पौडेल, इश्वर पोख्रेल, शंकर पोख्रेल र प्रचण्ड निकट नेताहरु वर्षमान पुन र जनार्दन शर्मा सहभागी थिए । भोली नेकपाको स्थायी कमिटीको बैठक पनि बस्दैछ ।











