इन्द्रेणी संवाददाता
दाङ ,६ असार । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना चिकित्सिक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।
अस्पताल परिसरलाई निसंक्रमण गर्नु पर्ने भएकाले दुई दिनका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको कायम मुकायम रजिष्ट्रार कैलाश प्रसाद देवले जानकारी दिए । अस्पताल बन्दा हुँदा बिरामी तथा सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति प्रतिष्ठानले क्षमा मागेको छ । साथै अन्य सरकारी तथा निजी अस्पतालहरुलाई प्रतिष्ठानबाट रिफर भएका विरामीलाई विशेष सुविधा दिई सेवा प्रवाह गरिदिन पनि अनुरोध गरिएको छ ।











