दाङ, २३ जेठ । प्रतिनिधि सभा सदस्य सुजिता शाक्यले कोरोना विशेष अस्पताल बेलझुण्डीको निरीक्षण गरेकी छन् ।

5कोरोना सङ्क्रमितको अवस्था बुझ्न दाङ आएकी सांसद शाक्यले घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र कोरोना विशेष अस्पतालका प्रमुख डा. सर्वेस शर्मासँग छलफल गरेका हुन् ।

एकताबद्ध प्रयासबाट मात्रै कोरोना भाइरस बिरुद्ध विजय हासिल गर्न सकिने भन्दै सांसद शाक्यले यसको त्रासबाट नागरिकलाई बचाउनुपर्ने बताइन् ।

व्यक्तिमा मनोबल बढाउनु र रोग बिरुद्ध लड्ने क्षमताको विकास गराउनु नै कोरोना भाइरसलाई परास्त गर्ने अस्त्र भएको भन्दै सांसद शाक्यले लहरे गुर्जोलगायतका जडिबुटी सेवन गर्न सबैलाई सुझाउनुपर्ने बताइन् ।