इन्द्रेणी संवाददाता
काठमाडौं, ११ जेठ । पछिल्लो पटक थप १९ जनाको कोरोना संक्रमmण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज आइतवार विभिन्ना जिल्लामा गरी थप १९ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
जसअनुसार पहिलो पटक नुवाकोट जिल्लामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा एकसहित १९ जनामा कोरोना देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोनाका कारण ३ जनाले ज्यान गुमाइसकेका छन् भने ८७ जना निको भएर घर फर्किएका छन् ।











