काठमाडौं, ११ जेठ । कोरोना भाइरस संक्रमणको संक्रमणबाट ११७ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ का अनुसार यो साता थप २१ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

people-killed-by-the-new-coronavirusयूएई ९, साउदी अरब ५, बेलायत २, अमेरिका १, कतार १ र कुवेतमा १ जना नेपालीको यो साता मृत्यु भएको हो । संघले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । साथै साउदी अरबमा ७, नेपाल ३, कतार १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड १, बहराइन १, स्वीडेन १, कतार १ र कुवेत १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेका छन् । विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।