इन्द्रेणी संवाददाता
दाङ, २२ बैशाख । तुलसीपुर उद्योग वाणिज्य संघले दाङलाई कोरोना संक्रमणबाट जोगाउन जिल्लालाई पूर्ण रुपमा ‘लक’ गर्नु सुझाव दिएको छ ।
छिमेकी जिल्ला बाँके र रुपन्देहीमा कोरोनाका संक्रमतिहरु फेला परेपछि दाङ पनि कोरोनाको उच्च जोखिम रहेको भन्दै जिल्लाका सबै नाकाहरु सिल गर्न स्थानीय सरकार, जिल्ला प्रशासन, प्रहरी र सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ ।
आज सोमवार वसेको संघको आकस्मिक बैठकले जिल्लामा हुन सक्ने संभावित क्षेति र सक्रमणलाई नियन्त्रण गर्न समयमै सबै संयन्त्र परिचालन गर्न समेत स्थानीय सरकार, प्रदेश सरकार र जिल्ला प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ । साथै बैठकमा अति आवश्यक खाद्यान्नका पसलहरु मात्र संचालन गर्न र अनावश्यक रुपमा वजारमा भिडभाड नगर्न सम्पूर्ण उद्योगी व्यवसायीहरुलाई अपिल गरेको छ ।
बैठकले लकडाउनका कारण उद्योगधन्दा वन्द भएको भन्दै बैंक व्याज मिनाह र छुट पाउने व्यवस्था मिलाउन नेपाल उद्योग वाणिज्य महासंघमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठक संघका अध्यक्ष विरवहादुर रावतको अध्यक्षतामा वसेको थियो ।











