इन्द्रेणी संवाददाता
दाङ, १६ बैशाख । घोराही क्षेत्रका लकडाउनलाई केही खुकुलये गर्दै अत्यावश्कीय पसलहरु दैनिक चार घण्टा खोल्ने निर्णय लिएको जिल्ला प्रशासन कार्यालय फेरि पुरानै समयतालिकामा फर्किएको छ ।

khadeसमयतालिका परिवर्तन गरेको पहिलो दिन आज बजारमा भिड बढेपछि अव भोलिदेखि पुनः साताको तीन दिन विहान ६ बजेदेखि ९ बजेसम्ममा मात्रै अत्यावश्कीय पसलहरु खोल्न दिने निर्णयमा प्रशासन पुगेको हो ।

हिजो मात्र घोराही उपमहानगरपालिका र दाङ जिल्ला उद्योग वाणिज्य संघको आग्रहमा घोराहीका अत्यावश्कीय पसल दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म खोल्न दिने जिल्ला प्रशासनले जनाएको थियो ।

तर पहिलो दिनमै भिडभडका बढी भएको र यसले कोरोना संक्रमण्को झन जोखिम बढाउने भएकाले अब फेरि पुरानै समयतालिकामा अत्यावश्कीय पसल खुल्ला रहने प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए । सो अनुसार अब फेरि सातको आइतवार, मंगलवार र शुक्रवार विहान ६ बजेदेखि ९ बजेसम्म पसल खुल्ने छन् ।