इन्द्रेणी संवाददाता
दाङ, १२ बैशाख । दाङ जिल्ला उद्योग वाणिज्य संघको होम डेलिभरीसँगै बन्द भएको घोराहीको तरकारी बजार अब खुल्ने भएको छ । लकडाउनको समयमा जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको सूचना अनुसार हप्ताको तीन दिन तरकारी बजार खुल्ने भएको हो ।
उवासंघले गर्दै आएको होम डेलिभरीमा केही गैरव्यवसायीको घुसपैट भएकाले समस्या आएको भन्दै जिल्ला प्रशासन कार्यालयको सूचनालाई आधार मानेर सामाजिक दुरी कायम गरी तरकारी बजार खोलिने कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष गुलाम रसुलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।











