काठमाडौं, १८ चैत । विश्वभरी महामारीकै रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा स्थगित गरेको छ ।
नेपाल सरकारको चैत ९ गतेको निर्णयबाट भ्रमण वर्ष स्थगित गरिएकोमा अहिले आएर औपचारिक रुपमै स्थगित गरिएको हो । भ्रमण वर्ष स्थगित भएसँगै भ्रमण वर्षको सचिवालयसमेत २०७७ वैशाख १ गतेबाट बाट विघटन हुने बताइएको छ ।
वार्षिक २० लाख पर्यटक भित्र्याने लक्ष्यसहित सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा घोषणा गरेको थियो ।











