इन्द्रेणी संवाददाता
दाङ, २८ फागुन । दाङमा आज प्रहरीले बालविवाह रोकेको छ ।
घोराही उपमहानगरपालिका १४ ढोरेनीमा बालविवाह भइरहेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरी टोलीले घोराही १३ सेवार वस्ने ३० वर्षको कृष्णबहादुर केसी दुलाह र ढोरेनी वस्ने ४६ वर्षका बसन्त भण्डारी दुलहीको बुवा र सोही वस्ने १८ वर्षकी दुलहीलाई नियन्त्रणमा लिएको छ । दुवाहा केसी र दुलहीका बुवा भण्डारीलाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











