काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तका वरिष्ठ नेताहरूले आफूहरु अब नफुट्ने भन्दै गीताको पुस्तक छोएर कसम आएका छन् । पार्टी एकता घोषणा कार्यक्रममा पशुपति शम्शेर राणा, कमल थापा तथा डा.प्रकाशचन्द्र लोहनीले यस्तो कसम आएका हुन् ।

pashupti-kamalघोषणा कार्यक्रममा दर्शकदीर्घामा बसेका पार्टी कार्यकर्ताबाट हुटिङ भए पछि राप्रपाका अध्यक्ष कमल थापाले गोजीबाट गीतको पुस्तक निकालेर कार्यकर्ता समक्ष कसम आएका थिए भने प्रकाशचन्द्र लोहनी र पशुपति शम्शेर जवराले पनि कसम आएका थिए ।