काठमाण्डौ, २० पुस । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावका लागि उमेदवारको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा चुनावका लागि १६ जना उमेदवारको नाम टुंगो लगाएको हो ।

deuba-paudelजसअनुसार प्रदेश १ मा पाँचथरबाट निरबहादुर विश्वकर्मा, सुनसरीबाट मिना पुलामी मगर र झापाबाट राजेन्द्र घिमिरे छन् । यस्तै प्रदेश २ मा महोत्तरीबाट नागिना यादव र धनुषाबाट भोला पन्जियार छन् ।

यसैगरी प्रदेश ३ मा सिन्धुपाल्चोकबाट हरिशरण श्रेष्ठ, चितवनबाट छलीकुमारी शर्मा, प्रदेश ४ मा स्याङ्जाबाट सूर्यप्रसाद रेग्मी, म्याग्दीबाट विमला गौचन, प्रदेश ५ मा अर्घाखाँचीबाट बालकृष्ण पाण्डे, दाङबाट गिरिजा न्यौपाने र बाँकेबाट मेराज हलवाई छन् ।

यस्तै प्रदेश ६ मा सुर्खेतबाट डिल्लिराम पाठक र सुर्खेतबाटै सावित्रा पौडेल, प्रदेश ७ मा बैतडीबाट प्रताव ठगुन्ना र कैलालीबाट तुलसी देवकोटालाई उमेदवार बनाउने कांग्रेसले जनाएको छ ।