दाङ, १ मंसिर । दाङको बजारमा पनि अब नयाँ प्रकारको व्यापार व्यवसाय सुरु भएको छ । बदलियो समय र मागमा आधारित भएर दाङको बजारमा सञ्चालन हुने थालेका व्यवसायले जिल्लाको विकासमा टेवा पु¥याएको संकेत गरेको छ ।
यसैक्रममा चियाका पारखीहरुलाई केन्द्रमा राखेर चिया पसल सञ्चालन हुन थालेको छ । सामान्य लगानी र सामान्य व्यवस्थापन भन्दा अलि माथि उठेर ठुलै लगानीमा व्यवस्थित रुपमा चिया पसल सञ्चालन भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ काठेकोहोल चौकमा रहेको गणतन्त्र दैनिकको कार्यालय छेउमा किट्ली टि टाउनमा अब ५० भन्दा बढी चिया पिउन पाइने भएको छ । स्थानीयदेखि अन्र्तराष्ट्रिय बजारमा चर्चित मानिएका चियाहरु अब एउटै ठाउँमा पाइने गरी किट्ली टि टाउन सञ्चालनमा ल्याएको अनु क्षेत्रीले बताए ।











