दाङ, २५ कार्तिक । दाङमा गोली चलेको छ । लुटेरालाई पक्राउ गर्न दाङ प्रहरीले गोली चलाएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जना लुटेरा पक्राउ गर्न बिहान दुई राउण्ड गोली चलाएको हो।

sutingggggव्यक्तिहरुलाई तर्साउने, धम्काउने र लुट्ने काम गरिरहेका तीनजनाई नियन्त्रणनमा लिइएको प्रहरीले जनाएको छ । एक व्यक्तिलाई ब्ल्याकमेलिङ गरेका लुटेराको समूहलाई ५ लाख रुपैयाँ बुझाउने क्रममा तुलसीपुर ३ खमारीको जंगलमा प्रहरीले गोली चलाएको हो। घटनामा संलग्न लुइटेरा समूहको नाइके फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर(३ खमारीका विमल वली, नविन नेपाली र दुजबहादुर खत्री रहेका छन्। घटनामा संलग्न अन्य सोही ठाउँका ईश्वर पुन र अर्जुन पुन फरार रहेको बताइएको छ ।