काठमाडौँ, ७ कार्तिक । सर्वोच्च अदालतको संवैधानिक इजलासले मोरङको उर्लाबारी नगर कार्यपालिका (कार्यसम्पादन) नियमावलीको नियम १० र ११ तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

2015061616-point-deal-challenged-in-supreme-court-600x0नियमावलीको नियम १० र ११ को व्यवस्था संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनविपरीत रहेको भन्दै इजलासले तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो ।

संविधान र ऐनको व्यवस्थाविपरीत नगर कार्यपालिकाले उक्त व्यवस्थाअनुसार काम कारबाही गरेको भन्दै कार्यपालिका सदस्यद्वय मचिन्द्रकुमार कार्की र ओसिन नगरकोटीले रिट दायर गरेका थिए गोरखापत्रमा खबर छ ।