इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको बराखुट्टीमा ट्याङ्कर र जीप आपसमा ठोकिदा तीन जना घाइते भएका छन् । पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ३९९४ नम्बरको ट्याङकर र विपरित दिशाबाट आएको रा १ ज ७४० नम्बरको जीप आपसमा ठोकिदा तीन जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा रोल्पा नगरपालिका १ का ३५ वर्षिय चन्द्रदेव पुन, रोल्पा माडी १ का ५४ वर्षिय मानसिंह रोका र दाङ तुलसीपुर ९ का ५० वर्षिय भिमा बस्याल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वस्यालको अवस्था सामान्य भए पनि अन्य दुई जनाको अवस्था केही गम्भीर भएकाले थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटना राप्ती गाउँपालिका २ बराखुट्टीमा आज साढे ३ बजेको समयमा भएको हो ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने जीप चालक फरार रहेको प्रहरीले जनाएको छ ।











