दाङ, ४ भदौ । बैंकको १७ करोड ९९ लाख ९० हजार हिनामिना गरेको अभियोगमा देव विकास बैंक नारायणपुर दाङका शाखा प्रबन्धक समिर बुढाथोकी पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १० वस्ने बढाथोकीलाई विहीवार साँझ लमही बजारबाट पक्राउ परेका हुन् । बैंकबाट उनीमाथि सो रकम अनियमितता गरेको उजुरी परेको थियो । बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफूलाई फाइदा हुने गरी र बैंकलाई नोक्सान हुने गरी कर्जा प्रवाह गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्याय दाङले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ भने उनलाई बुधवार नै उच्च अदालत तुलसीपुरको नेपालगञ्ज बाणिज्य इजलासमा म्याद थपका लागि जिल्ला प्रहरीले जनाएको छ ।










