इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । विषादी सेवन गर्दा दाङमा तीन जनाको मृत्यु भएको छ । घरमा राखेको सल्फास नामक विषादी सेवन गर्दा तुलसीपुर ९ वेलुवाका ३७ वर्षिय मिनबहादुर विकको मृत्यु भएको हो ।

death-mainत्यस्तै तुलसीपुर १९ का ५० वर्षिय वमकुमारी रोकाको पनि विषादी सेवन गर्दा मृत्यु भएको छ । राजपुर ६ का २१ वर्षकी मिरा चोधरीको पनि विष सेवनबाट ज्यान गएको छ । चौधरीको उपचारका क्रममा नेपालगञ्ज नर्सिङ हस्पिटलमा मृत्यु भएको हो भने विक र रोकाको उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।