काठमाडौं, १९ साउन । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसै वर्षदेखि चारवर्षे बनाउने तयारी गरेको छ ।
त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा. शिवलाल भुसालले यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने बताए ।
तर, डिन कार्यालयले चारवर्षे ब्याचलर अफ आर्टस् (बिए) का लागि कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयले सकेका छैनन् । विद्या परिषद्ले समेत यसको निर्णय गरिसकेको छैन ।











