गोरखा, ९ साउन । चार हप्ताअघि बेपत्ता भएका भनिएका १६ किलो सुनसहित पत्राउ परेका छन् । धार्चे १ यारुबगरमा व्यापार गर्ने धनकमललाई व्यापारी काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पछि आफूले १६ किलो सुन लुकाएर भागेको बयान दिएको प्रहरीले जनाएको छ । धनकमल अपहरण भएको भन्दै प्रहरीले खोजी गरेको र उनी भेटिएपछि अर्कै रहस्य खुलेको खोरखा प्रहरीले जनाएको छ ।
सुन तस्करीका क्रममा अर्को समूहसँग धनकमलको झगडा भएपछि उनी सुन लुकाएर फरार भएको खुलेको छ ।











